FKDFNEPAL.ORG

Success Stories

Attention: open in a new window. PDFPrintE-mail

जाँगरले फेरिएका मुक्त कमलरी

दुर्गालाल केसी, दाङ- सोलनपुर १ नर्ती गाउँकी कमला चौधरी बिहानै उठ्छिन् र लमही पुगेर मोटसाइकल मर्मतमा खटिन्छिन् । पूर्व-पश्चिम राजमार्ग छेउमै ‘अनमोल वाइक पार्टस् एन्ड वर्कसप’ सञ्चालन गरेकी उनी राति अबेरसम्म पनि मोटरसाइकल बनाउन व्यस्त हुन्छिन् । मोबिलको कालोले कपडा फोहोर भए पनि कुनै पर्वाह छैन । कमलाको जाँगर र व्यस्तता देखेर धेरैले अचम्म मान्छन् ।Meena-Chaudhary
आर्थिक अभावका कारण १३ वर्षको उमेरदेखि कमलरी बस्नु परेको पीडा बुझेकी उनी समाजलाई अनौठो लाग्ने व्यवसायमा लागेकी हुन् । उनी दाङ, काठमाडौं र धरानमा ७ वर्ष कमलरी बसेकी थिइन् । ‘सबैतिर बाइक बनाउने मिस्त्री पुरुषमात्र देखेका
मेरो काम देखेर अचम्म मान्छन्,’ उनले भनिन्, ‘समाजमा फरक काम गरेर देखाउन चाहन्छु । पसिना बगाएर आत्मनिर्भर बन्ने प्रयासमा छु ।’
दुई वर्षअघि भक्तपुरमा ६ महिने तालिम लिएर वाइक मर्मतमा हात हालेकी कमलाले केही समय अरूको वर्कसपमा काम गरेर आफूलाई निखारिन् । मेहन्दी बेचेर कमाएको २ लाख लगानी गरेर उनले असारदेखि वर्कसप सञ्चालन गरेकी हुन् । ‘मुक्त कमलरीको सहकारीबाट ७० हजार ऋण लिएँ । अहिले महिनामा एक लाखको कारोबार हुन्छ,’ उनले भनिन्, ‘सहकारीमा दैनिक ५ सय बचत गर्छु । ऋणको किस्ता पनि दैनिक तिर्छु ।’
एसएलसी उत्तीर्ण गरे पनि आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न नसकेकी उनी आफ्नै व्यवसायमा व्यस्त
छिन् । एक वर्षअघि आमाको निधन भएपछि उनलाई परिवारले खासै वास्ता गरेको छैन । बुवा, दुई दाइ र चार दिदी आआफ्नै काममा व्यस्त छन् । ‘मेरो व्यवसायबारे कसैलाई चासो छैन,’ उनले भनिन्, ‘घरबाट सहयोग नपाए पनि ग्राहकले प्रोत्साहन गर्छन् । दुई जनालाई रोजगार दिएकी छु । कमलरी बस्नुभन्दा यो गौरवको पेसा हो । म ज्यादै सन्तुष्ट छु ।’
६ वर्ष कमलरी बसेकी मुनुवा ४ लटकन्या कैलालीकी रेणु चौधरी अहिले प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा अनमी छिन् । माघदेखि जागिर गर्न थालेकी रेणुलाई यो नयाँ जिन्दगीजस्तो लाग्छ । ‘१० वर्षको उमेरदेखि कमलरी बस्न थालेकी हुँ । रातदिन भाँडा माझ्ने, कपडा धुनु पथ्र्यो । कति बेला कामबाट छुटकारा पाउने होला भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘६ वर्ष काम गरेर एक पैसा पनि पाइएन ।’
दाङमा क्रियाशील एक गैरसरहारी संस्थाको सहयोगमा तानसेनस्थित सिद्धार्थ इन्स्िटच्युट अफ मेडिकल कलेजमा १८ महिने अनमी पढेकी उनी सरकारी जागिरे भएकी हुन् । २० वषर्ीया रेणु अहिले मासिक १५ हजार तलब पाउँछिन् । ‘सरकारी जागिर पाएको देखेर बाआमा दंग हुनुभएको छ,’ उनले भनिन्, ‘खानबस्न गाह्रो भएर कमलरी पठाएको भन्नुहुन्थ्यो । अहिले पश्चाताप गर्नुहुन्छ ।’ 

सानो उमेरमा टिकापुरमा कमलरी बसेकी रेणु जमिन्दार बसाइ सराइबाट लमही आएपछि उनी पनि सँगै सरेकी हुन् । लमहीबाटै कमलरीमुक्त भएर उनले अध्ययन थालिन् । मुक्त कमलरी छात्रावासबाटै १२ कक्षासम्म पढेकी रेणु अहिले जागिर गर्दै देउखुरी बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा पढछन् । ‘घरमा डेढ कट्ठामात्र ऐलानी जग्गा छ । अझै खानलाउन गाह्रो छ,’ उनले भनिन्, ‘मैले जागिर गरेपछि घरव्यवहार चलाउन सजिलो भएको छ ।’
गंगापरस्पुर ७ मगहरीकी मीना चौधरीले लमहीमा व्युटीपार्लर चलाएकी छन् । विगतमा मालिकका जुठा भाँडा माझ्ने मीना अहिले महिलालाई कसरी सुन्दर बनाउने भन्नेमा व्यस्त छिन् । ९ वर्षको उमेरमा कमलरी बसेकी उनी उद्धार भएपछि एक गैरसरकारी संस्थाकै सहयोगमा अध्ययन र ब्युटीपार्लर तालिम लिन सफल भइन् । १२ कक्षा उत्तीर्ण उनी स्नातक अध्ययन तयारीमा छिन् । ‘व्यवसाय चलाउँदै पढ्ने सोच बनाएकी छु,’ उनले भनिन्, ‘सानोमा बाआमाले पढाउन नसक्दा दुःख पाइयो । अहिले आफैं कमाएर पढ्दैछु ।’ 

मुक्त कमलरीको लावाजुनी सहकारीबाट ५० हजार ऋण लिएर नौ महिनाअघि उनले व्युटीपार्लर खोलेकी हुन् । थप लगानी गर्ने रकम नभएका कारण व्यवसाय सोचेजस्तो बनाउन नसकिएको उनले बताइन् । ‘कमलरीको घरमा लगानी गर्ने रकम कहाँबाट पाउनु ? आफ्नै सहकारीबाट ऋण पाएकाले केही सजिलो भएको छ,’ मीनाले भनिन्, ‘थप ऋण लिएर राम्रो गर्ने योजनामा छु ।’
‘कमलरी बस्दा चाडपर्वमा समेत आफ्नो घर जान पाइँदैनथ्यो । त्यही पीडा सम्झेर दुःख गरियो । आफ्नै मेहनतले जीवन परिवर्तन गर्न सकिँदो रहेछ,’ उनले भनिन्, ‘कमलरी राख्ने अभिभावकले यो कुरा बुझ्न जरुरी छ । छोरीलाई दासताबाट मुक्त गर्नैपर्छ ।’ कमला, रेणु र मीनाजस्ता सयौं मुक्त कमलरी अहिले आयआर्जनको बाटोमा लागेका छन् ।
उनीहरूले संगठित भएर दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १ हजार ६ सय ५० सदस्य रहेको ३१ सहकारी गठन गरेका छन् । सहकारीबाट ऋण लिएर २ सय ५० जनाले आयआर्जन गरिरहेका छन् । पाँच जिल्लामा १२ हजार ७ सय ७६ कमलरी मुक्त भइसकेको र त्यसमध्ये ५ हजार ४ सय ५७ कमलरी १ कक्षादेखि स्नातक तहसम्म अध्ययन गरिरहेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ ।
कान्तिपुर दैनिकबाट साभार

Success Story of Ramita Chaudhary From Dang

"At her early age Ramita was sent to work as bonded labor "kamalri ", because of this she couldn't fulfill her wish of becoming social worker. The only reason behind this was Ramila belonged to tharu community. "

 

"On 3rd Falgun, 2045 B.S., father Baudhu Chaudhary and mother Farari Chaudhary gave birth to me. I was born to economically poor, illiterate and landless joint family. Being poor, landless, illiterate and unskilled most of the tharu people from western Nepal bound to work in other's land. Likewise, my parents were also working in other's land as "ADHIYARA" to feed the family. However, such landless family easily could not get land from landowner to work, for this they have to send their daughter at proprietor's home to work. How I could be the exception? I was also sent to work as indentured servitude ''kamlari" in my early age. I, likewise endured my five years as a kamlari."

"While I was working as kamlari, I got the chance to join the night-class (informal) ran by "Sahayog Samaj Nepal". From where I passed class 3 but once again, I was sent to work as kamalri while I was in class five. After two years, FNC named organization, working in the field of child, launched its program at my own village. FNC rescued and help me to join the school. Now I am in class 12 and contributing in different program running for the betterment of kamalri. After the completion of study, I will involve myself in the field of kamlari movement."

"At last, I would like to thank FNC from the core of my heart for rescuing me and involving me in its different program running for the welfare of freed kamalri. I wish FNC all the best for its future endeavor."